नक्कली सुनको कारोबार गर्ने दुई जना भारतीय पक्राउ

  • 58
    Shares

नक्कली सुनको कारोबार गर्ने दुई जना भारतीयलाई कैलाली प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत पिलिभित राघुपुरी गाउँ चौकी बजार घर भएका १९ वर्षीय मुक्तियार सिंह र सोही ठाउँका ३२ वर्षीय मञ्जित सिंह छन्। शंकर बोहराले सञ्चालन गर्दै आएको धनगढी उपमहानगरपालिका-४ स्थित बसपार्कको नेसनल गेस्ट हाउसबाट उनीहरूलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो।

उनीहरूको साथबाट दुई किलो चार सय ग्राम धातु बरामद भएको छ। सुनजस्तो देखिने उक्त वस्तु गेस्ट हाउसको ७ नम्बर कोठाभित्र राखिएको थियो। सुनको कारोबार भइरहेको सूचना पाएपछि प्रहरी टोली होटलमा पुगेको थियो। कोठामा छापा मार्दा तीन वटा विस्कुट आकारमा धातु फेला परेको थियो। अनुसन्धानका लागि प्रहरीले गेस्ट हाउस सञ्चालक बोहरालाई पनि नियन्त्रणमा लिएको छ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्