प्रदेश ३ को प्रदेशसभा बैठक पुस २१ मा

  • 18
    Shares

प्रदेश नम्बर ३ ले प्रदेशसभाको पाँचौं अधिवेशन आह्वान गरेको छ।

प्रदेशसभाका सांसदलाई पुस २१ गते सोमबार अपरान्ह ३ बजे बैठकमा उपस्थित हुन प्रदेशसभाले आह्वान गरेको हो। प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले बैठक आह्वान गरेको प्रदेशसभा सचिव रामशरण घिमिरेले जानकारी दिए। प्रदेशको नाम र राजधानी तोक्ने विषयले यो बैठकमा प्रवेश पाउनेछ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले प्रदेशको नाम बागमती र राजधानी हेटौंडा राख्न आग्रह गरेको छ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्