बिर्तामोड नगर क्षेत्रका २०० विपन्नको घर निर्माण हुँदै

  • 20
    Shares

झापा, १२ पुस । बिर्तामोड नगरपालिकाले यस बर्ष नगर क्षेत्रका २ सय विपन्न तथा गरिव परिवारलाई आवास निर्माण गरिदिने भएको छ ।

यस आर्थिक वर्षभित्र निर्माण गरिने ती घरहरुको एक कार्यक्रमका बीच क्षेत्र नं २ की सासद पत्रित्रा खरेलले शिलान्यास गर्नुभयो । वडा नं ८ स्थित प्रगतिनगरमा स्थानीय घरबारविहीन श्रीमान् लोकबहादुर श्रेष्ठ र श्रीमति धनकुमारी श्रेष्ठको निर्माण गरिने घरको शिलान्यास गर्दै विपन्न परिवार आवास निर्माण अभियानको शुभारम्भ गर्नु भएको हो ।

तराई मधेस समृद्धि कार्यक्रम अन्तरगत ४० वटा, बिर्तामोड नगरपालिका, ह्याबिट्याट फर ह्युमानिटी, सहारा नेपालको संयुक्त लगानीमा १०० वटा, सांसद विकास कोषबाट २५ बटा र जनता आवास कार्यक्रम अन्तरगत ३५ वटा गरेर २ सय वटा घर निर्माण गरिने नगरपालिकाका योजना अधिकृत जय तिम्सिनाले बताउनुभयो ।

गत वर्ष बिर्तामोड नगरपालिकाले नगर क्षेत्रका विपन्न समुदायका परिवारका लागि ७६ वटा घर निर्माण गरेर हस्तान्तरण गरेको थियो ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटीले यस वर्ष १० वटै वडाका २०÷२० परिवारको घर निर्माण गरिने उल्लेख गर्दै नगरपालिका शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन लगायत आवासको हकलाई स्थापित गराउन लागिरहेको बताउनु भयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा, निर्माण उपभोक्ता समितिका युवराज गौतम, वडा सदस्य गंगा राजवंशीले बोल्नुभएको थियो ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्