‘ए’ डिभिजन लिगमा दुई खेल हुँदै,खेल मध्यान्ह १२ बजेबाट सुरु

काठमाडौं,११ पुस । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुनेछन् । आज त्रिभुवन आर्मी क्लबले हिमालयन शेर्पाको सामना गर्दा नेपाल पुलिस क्लब र सरस्वती युथ क्लब भिड्नेछन् ।

आर्मी र शेर्पाको खेल सातदोवाटोस्थित एन्फा मैदानमा मध्यान्ह १२ बजे सुरु हुनेछ ।यसैगरी पुलिस र सरस्वतीको खेल दिउँसो ३ बजे दशरथ रंगशालामा हुनेछ । उता साविक विजेता मनाङ मस्र्याङ्दी क्लब लिगको शीर्ष स्थानमा फर्कीएको छ ।

जारी लिगमा लगातार तेस्रो जित निकाल्ने क्रममा मनाङले हिजो ब्रिगेड ब्वाइज क्लब ९बीबीसी०लाई १_० ले पराजित गर्‍यो ।

हिजै भएको अर्को खेलमा संकटा क्लब र जावलाखेल युथ क्लबले १_१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । लिगमा मनाङले ३ खेलबाट ९ अंक जोडेको छ । समान खेलबाट ६ अंक जोडेको मच्छिन्द्र दोस्रो स्थानमा छ भने तेस्रो स्थानको जावलाखेलको ५ अंक छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्