सरकारी ऐन फितलो भएको कारण दुर्घटना बढ्यो

  • 17
    Shares

झापा,५ पौष । पछिल्लो समय सवारी दुर्घटना बढ्नुमा सरकारी ऐन फितलो भएको सरकोरवालाहरुले औल्याएका छन् । रिपोर्टस क्लब प्रदेश नं १ले आयोजना गरेको साक्षात्कार कार्यक्रममा सहभागी सरोकारवालाले सो कुरा औल्याएका हुन् ।

कार्यक्रममा बोल्दै नागरीक समाजका प्रतिनिधी मदन गोपाल सुब्बाले फितलो ऐन कानुनका कारण बताउदै दुर्घटनाका दोषीलाई कडा सजायको ब्यवस्था गर्न सरकार संग माग गरेका छन् । उनले दुर्घटना हुनेमा नेपाल बिश्वमा एक नम्बरमा पर्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक प्रहरी झापाका प्रमुख होम प्रसाद अधिकारीले पहिलेको तुलनामा प्रहरी साझेदारी कार्यक्रमका कारण दुर्घटना कम हुदै गएको बताउदै न्युनिकरणको लागी सबैको सहयोग आवश्यक रहेको बताए । उनले सवारी साधनको अनुपातमा ट्राफिक जनशक्ति कम भएको बताउदै ट्राफिक प्रहरीको दरबन्दी थप्नुपर्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै यातायात ब्यवस्था कार्यालयका प्रमुख गोपिचन्द बोहोराले भौगोलिक बनावटका अनुसार सवारी साधन चलाउनुपर्ने बताउदै बिध्यालय स्थर बाट नै पाठ्य पुस्तका आधारमा दुर्घटनाको कारण, क्षति र ट्राफिक नियमका बिषयमा ज्ञान दिनुपर्ने बताए ।

उक्त कार्यक्रममा बोल्दै नेपाल यातायात ब्यवसायी राष्ट्रीय माहासंघ केन्द्रिय सदस्य राजेन्द्र रिजालले सडक अस्त ब्यस्तका कारण दुर्घटना बढेको बताउदै सडकलाई निर्वाद ढङ्गले सञ्चालन गर्न आवश्यक रहेको बताएका छन् । उनले सवारी दुर्घटनालाई कम गर्न आफ्नो सस्था प्रतिबद्द भएर लागेको बताउदै यसमा सबैको सहयोग आवश्यक भएको बतएका छन् ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्