‘नेपाल आइडल’ को तेस्रो सिजन शुरु

Nepal Idol Season 3 Audition
  • 2
    Shares

काठमाडौं । ‘नेपाल आइडल’ को तेस्रो सिजन शुरु भएको छ । बिहीवारदेखि प्रदर्शनमा आएको यो रियालिटी शो मा १ सय प्रतिस्पर्धी भिड्दैछन् ।

नेपाल आइडलका कार्यकारी निर्देशक सुरेश पौडेलका अनुसार यो नेपाल आइडलको तेस्रो सिजनमा ४ हजार प्रतिस्पर्धीले सहभागिता जनाएका थिए । तीमध्ये एक सय जनाले प्रस्तुति दिनेछन् । यो सिजनमा पनि लोक, पप तथा सुगम गीतलाई स्थान दिइनेछ । यद्यपि सुगम संगीतलाई थप महत्त्व दिइनेछ ।

न्ह्यु बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा निर्णायक रहने यो रियालिटी शोलाई आशिफा शाह र माम्पी घोषले उद्घोषण गर्नेछन् ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्