चलचित्र ‘आमा’को ट्रेलर सार्वजनिक

फागुण ९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘आमा’को आज ट्रेलर सार्वजनिक गरिएको छ ।

मिथिला शर्मा चलचित्रको शिर्ष भूमिकामा छिन् । उनको छोरीको भूमिकामा नायिका सुरक्षा पन्तले काम गरेकी छिन् । चलचित्रमा सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल, पदम प्रसाद पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा दिपेन्द्र के खनालको छायांकन, लेखन र निर्देशन छ । शर्मिला पाण्डेले यो चलचित्रको निर्माण गरेकी हुन् । दिर्घ खड्काको सम्पादन, सुवाष भुषालको संगीत रहेको यो चलचित्रलाई डीएस डीजीटलको ब्यानरमा निर्माण गरिएको हो ।

चलचित्रका सहायक निर्देशक सन्तोष अधिकारी हुन् । चलचित्र ‘आमा’को ट्रेलरमा शिर्ष भूमिकामा काम गरेकी कलाकार मिथिला शर्माको बेजोड अभिनय देख्न सकिन्छ । आफ्नो बाबु आमाका लागि छोरा मात्र नभएर छोरीले पनि अहंम भूमिका खेल्न सक्छन् भन्ने भाव चलचित्रको ट्रेलरले बोकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्