ए डिभिजन लिगमा दोस्रो चरणका खेल शुक्रबारबाट शुरु

काठमाडौं,०३ पौष । काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिगको पहिलो चरणका खेलहरु सकिएसँगै दोस्रो चरणका खेल शुक्रबारबाट शुरु हुनेछन् ।

दशरथ रंगशालामा वुधबार मनाङ मर्स्याङ्दी र एपीएफबीचको खेलसँगै पहिलो चरणको खेल सकिएका हुन् । पहिलो चरणको खेल सकिँदा लिगमा सहभागी १४ मध्ये तीन टिमले मात्रै स्पष्ट तीन अंक जोडेका छन् । मछिन्द्र र एनआरटीले पनि जितसहित तीन अंक जोडे पनि गत सिजनको अंक तिर्नु पर्ने भएकाले पहिलो खेलमै उक्त अंक घटाइएको हो । तीन अंक जोड्नेमा च्यासल युथ क्लब, नेपाल आर्मी र मनाङ रहेका छन् ।

जितसहित गत संस्करणको अंक तिर्दा मछिन्द्रले २ तथा एनआरटीले १ अंक बनाएको छ । यस्तै नेपाल पुलिस क्लब, हिमालयन शेर्पा, जावलाखेल र थ्रीस्टारले भने बराबरी खेल्दै एक एक अंक बनाएका छन् । पराजित भएका एपीएफ, फ्रेण्डस, संकटा, व्रिगेड ब्वाईज र सरस्वती युवा क्लबले अंक तालिकामा खाता खोल्न सकेका छैनन् । लिग विजेता टिमले ५० लाख प्राप्त गर्नेछ भने उत्कृष्ट ६ टिमले नगद पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्