‘तिम्रो घरको वरिपरि’ युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं । सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ को पहिलो गीत ‘तिम्रो घरको वरिपरि’ नेपालमा युट्युबको ट्रेन्डिङ नम्बर १ मा परेको छ ।

अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको यो गीतलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ । पूजा शर्मा र सुदर्शन थापाले निर्माण गरेको यो फिल्ममा पूजा शर्मा र पल शाहको जोडी देख्न सकिन्छ । सार्वजनिक गीतमा पनि पूजा र पललाई नै फिचरिङ गरिएको छ ।

हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी लगायतका कलाकारको समेत अभिनय रहेको यो फिल्म रिलिजअघि चर्चामा छ । ‘म यस्तो गीत गाउँछु’ को सफलतापछि सुदर्शन थापाले पुनः पल र पूजालाई लिड रोलमा लिएर फिल्म बनाएका हुन् ।

यो फिल्म फागुन २३ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्