महोत्तरीबाट ठुलो मात्रामा लागु औषधसहित एक पक्राउ

बर्दिवास । महोत्तरीबाट ठुलो मात्रामा लागु औषधसहित १ जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी ९ नं गण जलसागरले जेकजाँचका क्रममा आइतबार विहान भारतको मधुवनी जिल्ला मधवापुर वडा नं १ विरोकर बस्ने १९ वर्षीय राकेश कुमार महतोलाई पक्राउ गरेको हो ।

मठियानीबाट जलेश्वरतर्फ जाँदै गरेका महतोलाई सशस्त्र प्रहरीले जेकजाँच गर्दा उनको साथबाट promocethzine नाम गरेको सुई ३ सय थान buprenorphine सुई २ सय ९४ थान Diazepam नाम गरेको सुई २ सय ९५ थान बरामद गरेको सशस्त्र प्रहरी ९ नम्बर गणका गणपति निरकृष्ण अधिकारीले बताए ।

बरामद लागुऔषध र महतोलाई आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्