‘अञ्जुली’बोलको गीत सार्वजनिक

काठमाडौं। मौलिक एवं लोपोन्मुख लोकसंगीतमा रुचि राख्ने गायक शिरीष देवकोटाले नयाँ मर्मस्पर्शी प्रेम गीत सार्वजनिक गरेका छन्। उनले आफ्नै युट्युब च्यानलमार्फत ‘अञ्जुली’बोलको गीत सार्वजनिक गरेका हुन्।

शिरीषको आफ्नै लय (संकलन), शब्द अनि स्वरमा रहेको गीतमा धेरै बर्ष पहिले गाउँघरमा घाँसदाउरा, मेलापात गर्दा गाइने भाका (घासे,कोदे,काने)संगै गन्धर्ब लय जोडिएको पाईन्छ। गीतमा गोपाल देवको बाँसुरी, कमल बि.क.को सारङ्गी, गोविन्दमधुर आचार्यको कोर्ड रहेको छ।

स्मृति तिमिल्सिना (गुरुआमा)को निर्देशन रहेको भिडियोमा शिरीष र स्मृतिले नै अभिनय गरेका छन्। दुबैको अभिनयले दर्शकको मन छुन्छ। भिडियोलाई सुरेश श्रेष्ठले खिचेका हुन् भने प्रकाश धमलाले सम्पादन गरेका हुन्।

यस्तो छ गीत :

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्