बनभोज हिँडेको बस बिर्तामोडमा दुर्घटना : १३ जना घाईते

  • 11
    Shares

झापा, पूर्वापश्चिम राजमार्ग अन्तरगत बिर्तामोड सडक खण्डको रेखा पुल नजिकै आज विहान भएको बस दुर्घटनामा परी १३ जना घाइते भएका छन् । झापाको दमकबाट बनभोजका लागि इलामको कन्याम हिँडेको ना ६ ख ६१८१ नम्वरको वस दुर्घटनमा परेको हो ।

दुर्घटनामा परी घाइते भएका सबैको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक अघिकारीका अनुसार दुर्घटनामा परी वसका सह चालक मोरङ पथरी – १ निवासी ३० वर्षीय विकास लिम्बू सहित दमक – १० निवासी २७ वर्षीय सन्तोष खड्का , सोही ठाउँ निवासी १९ वर्षीय पवन खड्का, उर्लावारी – ३ निवासी १७ वर्षीया स्मृति धिमाल रहेका छन् ।
त्यस्तै दुर्घटनामा परी दमक १० निवासी १४ वर्षीय अभय धिमाल, मोरङ उर्लावारी ७ निवासी २२ वर्षीया माया घिमाल, दमक – १० निवासी १८ वर्षीया विविशा धिमाल, सोही ठाउँ निवासी १९ वर्षीया विनिता हमाल, २२ वर्षीय रोशन धिमाल, २८ वर्षीय नेत्र नेपाली, १८ वर्षीय आयुष नेपाली, १९ वर्षीय प्रदीप रिजाल र ४० वर्षीया नैनकला खड्का रहेका छन् ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्