घुस खाएको आरोपपमा दोलखाका प्रमुख जिल्ला अधिकारीमाथि कारबाही

  • 3
    Shares

दोलखा ।दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई दोलखाको प्रजिअबाट हटाएको छ । रिजालमाथि मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानले ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङले २१ हजार घुस लिएको आरोप लगाएका थिए ।

दोलखा प्रजिअबाट हटाइएका रिजाललाई गृह मन्त्रालय तानिएको छ । पीडितहरुले बिहिबार पत्रकार सम्मेलन गरेर रिजालले पटक–पटक घुस लिएको बताएका थिए । गृह मन्त्रालयका अनुसार उनले जिल्ला छोडिसकेका छन् ।

उनले सार्वजनिक मुद्दा लागेका दुई वटा घटनाका अभियुक्तसँग रकम लिई सार्वजनिक मुद्दा नचलाउने निर्णयसमेत गरेका थिए । उनले ती अभियुक्तसँग रसिद काटेर रकम लिए पनि घटना बाहिरिने डरले बिहीबार नै रकम फिर्ता गरेका थिए ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्