सत्यकला राईलाई अमेरिकामा वेष्ट नेशनल सङ्ग’ अवार्ड

  • 1
    Share

काठमाडौं । चर्चित गायिका सत्यकला राईले ‘वेष्ट नेशनल सङ्ग’ अवार्ड हात पारेकी छन् । हालै अमेरिकाको न्युर्योकमा आयोजित ‘वल्र्ड नेपाली म्युजिक अवार्ड २०१९’मा उनले सो अवार्ड हात पारेकी हुन् ।

अमेरिकाको वर्ल्ड कनेक्शन युएसएद्वारा आयोजित कार्यक्रममा राइले ‘नसोध को तराई बासी’ बोलको राष्ट्रिय गीतबाट उक्त अवार्ड हात परेकी हुन् । विशाल गुरुङ र लक्ष्मी अनुरागीको शब्द, शिला बहादुर मुक्तानको संगीत गीतमा रहेको छ ।

४ महिने साँगीतिक यात्राको क्रममा केही महिना पहिले अमेरिका पुगेकी उनले अमेरिकाको १७ स्टेटमा आयोजित दुई दर्जन बढी सांगीतिक कार्यक्रममा सहभागी भएकी छन् ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्