ओलीको गृह नगरमा कांग्रेसको जीत…

 दमक,१ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा गठबन्धनले विजय शुरुवात गरेको छ ।

आज दिउँसो दमक १० को सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार वडाध्यक्षमा कांग्रेसका राजेन्द्र भण्डारी निर्वाचित भएका छन् ।

उनले नेकपा एमालेका बोधराज न्यौपानेलाई हराएका हुन् । भण्डारीले ११६५ मत ल्याउँदा न्यौपानेले १०१४ मत पाएका छन् ।

दुई कार्यकाल पूरा गरिसकेका न्यौपाने हालका वडाध्यक्ष समेत हुन् । गठबन्धनबाट उम्मेदवार भएका भण्डारी संगै अन्य वडा सदस्यहरु समेत प्यानलै विजयी भएको हो ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधि विहीन बनेको कांग्रेसले यसपटक भने दमक १० बाट खाता खोल्न सफल भएको छ ।

वडाध्यक्षमा निर्वाचित भएसंगै गठबन्धनले दमकमा विजय रयाली निकालेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्