कनकाइमा जेब्रा पहिलो हुने दौडमा…

मतगणना हुदै…

कनकाइ,१ जेठ । झापाको कनकाई नगरपालिकामा यतिबेला स्थानीय चुनाब निकै रोचक बनेको छ ।

जिल्लाका १५ वटा पालिका भन्दा कनकाइको मत परिणाम कस्तो आउला भनेर जिल्ला भरीका नेता कार्यकर्ताको ध्यान कनकाईले खिचेको छ ।

पार्टीले चुनाबमा टिकट नदिए पछि कांग्रेसमै बिद्रोह गरेर शेर बहादुर थापाले मेयर पदमा स्वतन्त्र उम्मेद्वारी दिएर थिए।

जेब्रा चुनाब चिन्ह लिएर चुनाबी मैदानमा होमिएका थापा अहिले मतपरिणामको अन्तिम पर्खाइमा छन ।

मत गणनाको शुरूवाती चरण बाटै अग्रता कायम गर्दै आएका थापाले अहिले सम्म नै अग्रता कायम गरेका छन ।

अहिलेसम्म ४५७० मतगणना गर्दा थापाले १९५१ मतसहित अग्रता कायमै राखेका छन्। थापा एमालेका राजेन्द्र पोखरेल भन्दा ६३० मतले अगाडि छन्।

एमालेका पोखरेलले १३२१ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रुद्रप्रसाद चिमरियाले ५७८ मत प्राप्त गरेका छन् भने राप्रपाका उम्मेदवार श्यामसुन्दर ओलीले २०१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्