मतगणना आजै शुरू हुने …

झापा,३० बैशाख । आज भइरहेको स्थानीय तहको निर्वाचन अन्तर्गत मतदान कार्य सकिए लगत्तै आजै साँझबाट मतगणना सुरु गरिने भएको छ ।

साँझ ५ बजेसम्म निर्धारण गरिएको मतदान हुने समय भित्र मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइने जनाइएको छ ।

मतदान सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षित रूपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा पुर्याइने बताइएको छ ।

सबै मतदान स्थल बाट मतपेटिका संकलन भए पछि सर्वदलीय छलफल लगत्तै आजै मत गणना कार्य सुरु हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्