झापा,२९ बैशाख । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा झापाबाट मतदान गर्दै छन् ।
महामन्त्री शर्माको मतदाता नामावली गृह जिल्ला झापाको मेचीनगर नगरपालिका वडा नम्बर ९ मा रहेको छ ।
उनको सचिवालयका अनुसार महामन्त्री शर्माले शुक्रबार मेचीनगरको कविशिरोमणि माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्दैै छन् । महामन्त्री शर्मा ४ दिन देखि गृह जिल्ला झापामा नै रहेका छन ।
उनको निर्वाचन क्षेत्र पनि झापाको क्षेत्र नम्बर १ अर्थात् सोहि निर्वाचन क्षेत्र हो ।
त्यस्तै अर्का महामन्त्री गगन थापाको मतदाता नामावली काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा रहेको छ ।
भोलि हुने स्थानीय निर्वाचनमा महामन्त्री थापाले महानगरपालिका ३० को मैतीदेवीस्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गर्दैछन् ।
संघीय सांसद समेत रहेका थापाको निर्वाचन क्षेत्र काठमाडौं नै पर्दछ ।