गरीब,दुःखीको निशुल्क मुद्दा लडिदिने अर्जुनधारा मेयरकी प्रत्यासी कार्कीको उद्घोष…

 अर्जुनधारा,२४ बैशाख । अर्जुनधारा नगरमा मेयरकी प्रत्यासी अधिवक्ता रन्जिता कार्कीले नगरबासीको हीतको लागि कानुनी लडाइ लड्ने जनाएकी छन।

चुनाबी घर-दैलो कार्यक्रम अन्तर्गत आज वार्ड नम्बर ११ का बिभिन्न गाउ टोलमा पुगेकी कार्कीले स्थानीयहरू संग भेटको क्रममा कानुनी उपचार बाट बन्चित रहेका गरीब तथा असाहय नागरिकको लागि निशुल्क मुद्दा समेत लडिदिने बताइन ।

उनले भनिन “तपाईहरू गरीब हुनुहुन्छ र पैसाको अभाबले मुद्दा लड्न सक्नु भएको छैन भने म बिजयी भए पछि आउनुहोस म जिल्ला देखि केन्द्र सम्म परे पनि निशुल्क मुद्दा लडिदिन्छु ।

” क़ानूनमा निकै दख्खल भएकी कार्की आफै अधिवक्ता पनि हुन । उनले नगरमा गठबन्धनको जीत भएमा नगरबासीलाई कानुनी राज्यको अनुभूति हुने बिशेष कार्यक्रम ल्याइने बताइन ।

मेयरकी प्रत्यासी कार्कीले हत्याहिंसा,अपराध लैङगिक बिभेद र बलात्कार जस्ता जघन्य अपराधको लागि नगरले छुट्टै योजना बनाएर त्यसको नियंत्रण र न्यूनीकरणका प्रभाबकारी कार्यक्रम संचालन गर्ने प्रस्ट पारिन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्