हल्ला र गफ होइन,साच्चै संवृद्धि ल्याउन सक्ने दललाई भोट हालौ …

सम्पादकीय—

स्थानीय निर्वाचनको समय जति नजिक आइरहेको छ, त्यतिनै राजनैतिक दलहरू जनताको मत आफ्नो पोल्टामा पार्न सक्रिय देखिएका छन ।

एक साता देखि चुनाबी अभियान लिएर गाउ,नगर छिरेका दलहरू करीब-करीब घर-दैलो कार्यक्रमको अन्तिम चरणमा पुगिसकेका छन । मतदान हुन अब एक साता मात्र बाकी रहदा आफ्ना उम्मेदवार अघि सारेका पार्टीहरूले चुनाबी माहौलको पहिलो संकेत पाइसकेका छन ।

पाँच बर्ष अघि भएको स्थानीय निर्वाचन र यो पटकको निर्वाचनलाईं स्थानीय जनताले शुस्म ढंग बाट नियालेका छन ।

जनताको कसम खाएर कुर्सीमा आसन गर्दै गर्दा आफुले जनता संग खाएका बाचा र कसम कति पुरा भए या भएनन ती जनताले मूल्यांकन गर्ने कुरा हो ।

तर चुनाब अघि बाढेका घोषणा पत्र र प्रतिबद्दता भने यस अघि निर्वाचित भएका सरकार र स्थानीय जनप्रतिनिधिले अक्षरस पालना नगरेका धेरै दृष्टान्त हामी सामु घाम झै छर्लङ छन । अब त्यस्ता दल र दलका प्रतिनिधिलाई चिन्ने बेला आएको छ ।

सत्ता र शक्ति प्राप्ति लागि मात्र जनतालाई भोटमा प्रयोग गर्ने परम्परा २०४६ साल पछि नेपालमा निकै मौलाएर गएको देखिन्छ । तीन दशकको इतिहास हेर्ने हो भने नेपालमा धेरै आन्दोलन र संघर्ष भए अनि राजनीतिक परिवर्तन पनि भए तर अझै आम जनताले खोजेको साचो अर्थको परिवर्तन नपाएको आम गुनासो रहेको छ।

बहुदलीय ब्यवस्था संगै प्रजातन्त्र,गणतन्त्र र मुलुकको शासन प्रणालीका खातिर जन्मिएको संघीयता जनताले पाए तर सबै सिद्धांत र नीतिको ब्याख्यामा मात्र सिमित रहने गरेको जनताको बुझाइ छ ।

स्थानीय तहको निर्वाचन हुदै गर्दा संघीयताकै पेरिफेरी बाट बिकसित रूप लिदै गरेको स्थानीय सरकार र त्यो सरकार संचालन गर्न पुग्दै गरेका जनप्रतिनिधि माथी अब स्थानीय जनताले प्रश्न उठाउन थालेका छन ।

तर बिगतका सरकार र पदमा आसिन जनप्रतिनिधिले क़ानूनको धज्जि उडाउदै मनोमानी ढंग बाट सत्ता संचालन गरेका उदाहरण प्रसस्त छन ।

सरकार भनेको आम जनताको अभिभावक हो । सरकारले प्रदान गर्ने सेवा, सुबिधा र अवसरमा जनतालाई बिभेद र भेदभाब गरिनु हुदैन । यो नेपालको संबिधान २०७२ मा पनि प्रस्ट लेखेको छ । स्थानीय स्वायत्त शासन ऐनमा पनि यस्ता कुराहरू उल्लेख गरेको पाइन्छ ।

तर प्रत्येक राजनैतिक दल बाट निर्वाचित भएर गएका जनप्रतिनिधिहरूले आफु आम जनताको अभिभावक भएको कुरालाई बिर्सदै आफ्नो पार्टी निकट रहेका कार्यकर्तालाईं मात्र प्राथमिकता दिने र अरुलाई बिभेद गर्ने गलत परम्परा हाबी छ । यो अबको निर्वाचन पछि तोडिनु पर्छ ।

यो त स्थानीय,प्रदेश र केन्द्र सरकारमा देखिएको एउटा दृष्टान्त मात्र हो । स्थानीय सरकार देखि सबै तहका सरकारले अब पार्टी र सरकार प्रति जनताले देखाएको सदासयतालाई नजर अन्दाज़ गर्नु हुदैन । सरकारले किमार्थ जनताको हीत बिपरीत एउटा पनि निर्णय गर्ने शाहस राख्नु हुदैन। किनकी प्रत्येक सरकार जनताकै अभिमत बाट बनेको हो भन्ने कुरा शासकले बुझ्न जरूरी छ ।

स्थानीय निर्वाचनको संघारमा पुग्दै गर्दा यो पटक कस्तो उम्मेद्वारलाई मत दिएर बिजयी गराउने हो एक पटक आम जनताले सोच्ने बेला भएको छ ।

‘मतको लागि मत’ र ‘भोटको लागि भोट’ मात्र नभएर हाम्रा भाबी सन्ततिको भबिष्य र मुलुकलाई टोल,वार्ड देखि गाउ नगर हुदै प्रदेश र केन्द्र सम्म हल्ला र गफको मात्र संवृद्धि ल्याउने होइन साच्चै अर्थमा दूरदृष्टि भएका दल र नेतालाई मत दिएर बिजयी गराउनु पर्ने अहिलेको टट्कारो आवश्यकता बनेको छ ।

प्रकाशित मिति – बैशाख २३ (२०७९)

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्