कमल गाउपालिकामा एमाले बढारिदै…

 

घर-दैलो कार्यक्रम जाने क्रममा गठबन्धनको टीम

कमल,२३ बैशाख । स्थानीय निर्वाचनको समय एक हप्ता मात्र रहदा झापाको कमल गाउपालिकामा यो पल्टको चुनाबको परिणाम गठबन्धनको पोल्टामा पर्ने निश्चित छ ।

गएको निर्वाचनमा गठबन्धन नहुदा पनि कांग्रेस र एमालेको एकल प्रतिस्पर्धामा बराबर मत पाएको कांग्रेसले यो पटक स्थानीय दलहरू संगको कसिलो गठबन्धनको कारण एमाले गाउपालिका बाट बढारिने भएको हो ।

स्थानीय परिबेशमा निकै लोकप्रिय मानिएका कांग्रेस नेता हुकुमसिंह राई यो पटक पनि अध्यक्षका उम्मेद्वार छन । २०७४ सालको निर्वाचनमा अध्यक्ष पदमा एमालेकी उम्मेदवार मेनुका काफ्ले संग बराबरी मत पाएका राईले गोलाप्रथा बाट बाहिरीएका थिए ।

स्थानीयसंग मत माग्दै अध्यक्षका उम्मेद्वार राई र उपाध्यक्षका उम्मेद्वार सुबेदी

यो पनि हेरौ,कोणसभालाई सम्बोधनको क्रममा

राई कुशल नेतृत्वमा युवा माझ बढी लोकप्रिय,नीडर र अव्वल क्षमताका राजनीतिज्ञको रुपमा चिनिन्छन ।राजनीतिमा नेताको रूपमा चिनिन्छन भने सामाजिक क्षेत्रमा असल कर्मयोगी सामाजिक ब्यक्तित्वको रूपमा आफुलाई उभ्याएका छन

कोरोना महामारीको समयमा होस या अन्य जुन सुकै संकटको समयमा होस उनले स्थानीयबासी र खासगरी गरीब दुखीलाई आफ्नै गास काटेर समेत सहयोग पुर्याएका छन । राईले यो पटक पालिका जीत हासिल गरे पछि आफुले एमाले जस्तो गफ नगरी काम गरेर देखाउने बताएका छन ।

अहिले अध्यक्षका उम्मेदवार राई गठबन्धनका उपाध्यक्षका उम्मेद्वार पर्शुराम सुबेदी वार्डका अध्यक्ष र सदस्य सहितको टीम चुनाबी प्रचारको लागि स्थानीय संग भेटघाट गर्ने क्रममा रहेको छ ।

स्थानीय संग भेटघाट गर्ने क्रममा राईले २५.३० बर्ष देखि एक छत्र शासन गर्दै आएको एमाले पार्टीको कारण कमल सुगम ठाउ भएर पनि बिकास बाट सधै पछि परेको बताए । राईले एमाले ३० बर्ष सम्म गर्न नसकेको बिकास र कमलको संवृद्धिको लागि ५ देखि १० बर्ष भित्रमा गरेर देखाउने प्रतिबद्दता ब्यक्त गरेका छन ।

“काम गर्न इच्छा शक्ति चाहिन्छ, योजना र जनताको सहयोग अनि बिश्वास चाहिन्छ ।”अध्यक्षका उम्मेद्वार राईको भनाई छ ।

घर दैलो कार्यक्रममा हिडेका एक गठबन्धनका नेताले भने “यो पटक हाम्रो अध्यक्ष,उपाध्यक्ष सहित ७ वटै वार्डमा जीत निश्चित छ, किनकी अहिले सम्म यहाँको जनताको आशीर्वाद यहि पाइरहेका छौ।” उनले भने ।

नेपाली कांग्रेसका गाउ सभापति बुद्दीराज न्यौपानेले पनि यो पटक गठबन्धनको टीम सशक्त भएकोले एमाले कमल बाट बढारिने दाबी गरे । घिमिरेले “गठबन्धन फूल अन्डरस्ट्यान्डिङमा छ,त्यसैले हामी बिस्वस्त छौ।” उनको भनाई छ ।

कमलमा नेपाली कांग्रेस,एकीकृत समाजबादी,संघीय लिम्बूवान परिषद, राप्रपा,जनता समाजबादी र एकीकृत माओबादीका उम्मेद्वार गरी ५ दलीय गठबन्धन रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्