काठमाडौं,२२ बैशाख । नेपाल र अमेरिकाबीच झण्डै ८० अर्ब रुपैयाँ बराबरको सहयोग सम्झौतामा हस्ताक्षर भएको छ
अमेरिकी सहयोग नियोग (युएसएड) र अर्थ मन्त्रालयबीच बिहीबार भएको सम्झौता अनुसार अमेरिकाले युएसएड मार्फत आगामी पाँच वर्षभित्र ६५ करोड ९० लाख डलर सहयोग अनुदान नेपाललाई उपब्ध गराउने छ ।
सम्झौता पत्रमा अर्थ मन्त्रालयलका सहसचिव इश्वरीप्रसाद अर्याल र युएसएड नेपालका म्यानेजर सेपिध किवान्सले हस्ताक्षर गरेका छन् । साँवा ब्याज केही तिुर्न नपर्ने यो रकम नेपाल सरकारले पाँच वर्ष भित्र खर्च गर्नु पर्ने छ ।