अर्जुनधारा ११ मा गठबन्धन दललाई भोट हाल्ने स्थानीयको भनाई…

हेरौ ,नगरमा मेयर, उपमेयर सहित वार्ड नम्बर ११ मा को को छन त उम्मेद्वार ?

अर्जुनधारा,२१ बैशाख । आसन्न स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा झापाको अर्जुनधारा वार्ड नम्बर ११ का उम्मेद्वारलाई स्थानीयहरूले बिजयको शुभकामना दिदै अबिर जात्रा गरेका छन।

वार्ड नम्बर ११ को ५ नम्बर टोलमा पुगेका गठबन्धनका दलका उम्मेद्वारलाई कांग्रेसकी केन्द्रीय सदस्य सरिता प्रसाई, प्रदेश उपसभापति गंगा प्रसाद मैनाली, स्थानीय समाजसेबी गणेश ढुङगाना लगायतका नेताले उम्मेद्वारलाई अग्रिम जीतको शुभकामना दिदै बधाई ज्ञापन दिएका थिए ।

सो अवसरमा बोल्दै नेतृ प्रसाईले मुलुकमा संवृद्धि र स्थायी शान्तिको लागि गठबन्धनको आवश्यक रहेको बताउदै गठबन्धनको जीत निश्चित रहेको बताइन ।

वार्ड नम्बर ११ मा गठबन्धनका तर्फ बाट वार्ड अध्यक्षमा स्थानीय परिबेशमा निकै लोकप्रिय उम्मेदवार जगत बहादुर मगरको उम्मेद्वारी रहेको छ ।

त्यस्तै वार्ड सदस्यहरूमा खुल्ला तर्फ पुरूषमा चन्द्र प्रसाद सुबेदी र हरी प्रसाद उपध्याय भण्डारी रहेका छन । दलीत महिला तर्फ मुना दर्जी र महिला खुल्लामा धनकुमारी तामाङको उम्मेद्वारी रहेको छ ।

घर-दैलो कार्यक्रममा हिड्ने क्रममा भेटिएका स्थानीयहरूले एमाले सरकारको कारण रुष्ट बनेका स्थानीयहरूले यो पटक गठबन्धनको टीमलाई नै मत दिएर बिजयी गराउने तयारी भैरहेको स्थानीयलाई उद्धृत गर्दै टीममा सहभागी एक कार्यकर्ताले जानकारी दिए ।

 

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्