अर्जुनधारा नगरलाई ‘भ्रष्टाचार मुक्त नगर’ बनाइने गठबन्धनका उम्मेद्वारको उद्घोष…

अर्जुनधारा,२१ बैशाख । अर्जुनधारा नगरपालिकामा मेयरकी उम्मेदवार अधिवक्ता रंजीता कार्कीले मेयर पद जीतेमा आफुले नगरमा भ्रष्टाचारको अन्त्य गरेर देखाउने प्रतिबद्दता ब्यक्त गरेकी छन ।

चुनाबी अभियान संगै घर-दैलो कार्यक्रम लिएर आज वार्ड न. ८ का बिभिन्न गाउ बस्तिमा आयोजित भिन्ना भिन्नै कोण सभामा बोल्दै कार्कीले भ्रष्टाचारका कारण मुलुक नै तहस नहस भैसकेकोले अब स्थानीय तह बाटै भ्रष्टाचार नियंत्रणको लागि अभियान शुरू गरिने बताइन ।

उनले म भ्रष्टाचार गर्दिंन र अरुलाई पनि गर्न दिन्न भन्दै झापाको अर्जुनधारा बाट यो अभियान शुरू गरिने पहिलो कार्यक्रम रहने बताइन । कार्कीले मेयर भएको केहि बर्ष भित्रमा मुलुकै भ्रष्टाचार मुक्त नगर घोषणा गरेर नमूना नगरको सूचीमा अर्जुनधारालाई पुर्याइने उद्घोष गरिन ।

कोण सभालाई सम्बोधन गर्दै मेयरकी उम्मेद्वार कार्की, उपमेयर योन्जन सहित वार्डका उम्मेद्वारहरू

मन्तब्यको क्रममा कार्क़ीले बिगतमा नगरपालिकाहरूले महिलालाई बिभेद गर्ने गरेको बताउदै म आफै महिला भएको नाताले यस नगरका महिलाको संवृद्धि,बिकास र आत्म सम्मानको लागि महिला बिशेष कार्यक्रम संचालन गर्ने बताइन ।

यस नगर समग्र बिकास र संवृद्धिको लागि घोषणा पत्र सहित चुनाबी मैदानमा होमिएकी कार्की एक सशक्त जुझारू युवा नेतृ हुन । कानूनी क्षेत्रमा दख्खल भएकी कार्कीले नगरको समग्र बिकास र आम जनताको संवृद्धिको लागि योजनाको साथ मेयरको पदमा उम्मेद्वारी दिएको बताएकी छन ।

उनी संगै उपमेयर पदमा उम्मेद्वारी दिएका जितेन योन्जन पनि युवाका ढुकढुकी हुन।उनले पनि नगरको नेतृत्वमा पुग्न सके अबको ५ वर्ष भित्र नगरमा आमुल परिवर्तन गरेर देखाउने बताएका छन । योन्जनले आम जनता बिकास र परिवर्तनको पक्षमा भएकोले यो पटक अर्जुनधारामा गठबन्धनको सिंगो टीमको जीत निश्चित रहेको दाबी गरे ।

यो पनि हेरौ घर-दैलोका केहि द्र्श्यहरु

 

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्