कमलको ठुलो बारघरे बजारमा सनराइज बैकको शाखा स्थापना…

कमल,२८ माघ । सनराइज बैंक लिमिटेडले झापाको कमल गाउँपालिका–७ स्थित ठुलो बाह्रघरे बजारमा शाखा संचालनमा ल्याएको छ ।

यो  सनराइज बैंकको शाखारहित बैंकिङ सेवा संख्या यो सहित ८६ पुगेको छ । बैंकले उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा बिजय गौलीलाई ज़िम्मेवारी दिएको छ ।

सनराइज बैंक प्रदेश १ का  प्रमुख बिबेक निरौलाको उपस्थितिमा त्यहा आयोजित एक कार्यक्रम बीच शाखा स्थापनाको घोषणा गरिएको थियो ।

बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटीएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ ।

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ ।

राजमार्ग बाट दुरीको हिसाबले पनि नजिकै रहेपनि बिकास र पुर्वाधार निर्माणमा पछि परेको यो ठाउको बिकास र संवृद्धिको पर्खाइमा यहाँका जनता रहेका छन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्