महिला फुटबलमा नेपालको सुखद सुरुवात

मंसिर, १७ पोखरा । १३औं दक्षिण एसियाली खेलकुद सागको महिला फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ ।

मंगलबार आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकालाई १_० गोल अन्तरले हराएको हो ।

पोखरा रंगशालामा भएको खेलमा नेपालका लागि दोस्रो हाफको अन्त्यतिर सरु भण्डारीले निर्णायक गोल गरिन् । उनले अनिता केसीको पासमा गोल गरेकी हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्