राजनीति सेवा हो,पेशा होइन : झापा बाट महाधिबेशन प्रतिनिधिका उम्मेद्वार दिपिन्द्र थापा

गौरीगन्ज,२२ कार्तिक । नेपाली कांग्रेसको १४ औ महाधिबेशनमा झापा क्षेत्र न.५ बाट लोकप्रिय युवा नेता दिपिन्द्र थापाले महाधिबेशन प्रतिनिधिको रूपमा उम्मेद्वारी धोषणा गरेका छन
झापाको गौरीगन्ज ३ स्थायी घर भएका थापा पार्टीको राजनीतिमा २०४५ साल देखि सक्रिय रहदै आएका छन । २०४५ साल बाट जमाबी गौरादहको नेबिसंध सचिब हुदै राजनीति यात्रा शुरू गरेका थापा २०५२ सालमा गौरादह क्याम्पसको इकाइ सभापति बनेका थिए ।
उनी २०५४ सालको स्वबियू सभापतिका प्रत्यासी पनि हुन । त्यसपछि २०५४ सालमै नेबिसंघको जिल्ला सदस्य, २०५६ मा जिल्ला सचिब ,तरुण दलमा जिल्ला सदस्य हुदै २०७० सालमा आइपुग्दा केन्द्रित महाधिबेशन प्रतिनिधि बनेका थिए ।
सोहि वर्ष  स्थानीय परिचालन समितिको संयोजक बनेका थापा संयोजक रहदा स्थानीय परिबेशमा कांग्रेसको पक्षमा जनलहर बढाउन महत्वपूर्ण भुमिका खेलेको कार्यकर्ताहरूको बुझाइ छ ।
कांग्रेसमा अब युवा नेतृत्व अगाडी आउनु पर्छ भन्ने मान्यता राख्ने थापा युवाले नै पार्टीलाई रूपान्तरण गर्न सक्ने बताउछन । कांग्रेस अब कांग्रेसको लागि मात्र हुनु हुदैन आम जनताको लागि कांग्रेस हुनु पर्छ भन्ने युवा नेता बिश्वप्रकास शर्माको बिचार महत्वपूर्ण भएको बताउदै थापाले सोहि बिचार लिएर आफु पनि चुनाबी मैदानमा आइसकेको बताए ।
२०७४ सालको स्थानीय निर्वाचनमा गौरीगन्ज गाउपालिकाको उपाध्यक्षमा निर्वाचित थापा स्थानीय क्षेत्रमा पार्टीका प्रभावसाली नेताको रूपमा चिनिन्छन ।
थापा राजनीतिमा मात्र होइन शिक्षा ,खेलकुद र कलाकारीता क्षेत्रमा पनि उतिक्कै सक्रिय र योगदान दिइसकेका ब्यक्तिको रूपमा चिनिन्छन । स्थानीय ज्ञानोदय मा.बि.को संस्थापक प्रिन्सिपल रहेर १० वर्ष सेवा गरिसकेका उनी प्याप्सन झापाको सदस्य समेत भइसकेका छन ।
शिक्षा संगै थापा मार्शल आर्टका प्रशिक्षक पनि हुन। राखेपमा रहेर लामो समय सम्म प्रशिक्षण समेत गरिसकेका छन । यस बाहेक उनी एक सफल रंगकर्मी भएका कारण राष्ट्रीय स्तरबाट सम्मान र पुरस्कार समेत पाइसकेका छन ।
राजनीति सेवा हो पेशा होइन भन्ने मान्यता राखेर राजनीतिमा होमिएका थापा बिधालय संचालनलाई आफ्नो पेशाको रूपमा लिएर अघि बढेका छन । बाकी रहेको समय राजनीतिमा सेवा गर्ने सोच रहेको बताउछन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्