बिर्तामोडको कनकाइ कलेजमा ‘शिल्पी थिएटर’ कांग्रेस प्रवक्ता शर्मा पनि पुगे (फोटो फ़िचर्स)

बिर्तामोड,१२ कार्तिक । शिल्पी थिएटर नेपालले आज बिर्तामोड स्थित क़नकाई कलेजमा “ठुला माछा साना माछा”  मुक्त रङमन्च (नाटक) प्रस्तुत गरेको छ ।

कलेजको खुल्ला मन्चमा प्रस्तुत भएको सो प्रतिकात्मक मन्चन हेर्न कांग्रेस प्रवक्ता बिश्वप्रकाश शर्मा समेत उपस्थित थिए ।

क़रीब आधा घण्टा मन्चन भएको सो नाटकमा समाजमा भइरहेका समसामयिक घट्नालाई बिषय वस्तु बनाएर ब्याग्यात्मक ढंगबाट प्रस्तुत गरिएको थियो ।

नाटकमा केन्द्र देखि स्थानीय सरकार र सरकारका बिभिन्न निकायले जनतालाई दिइदै आएका सेवा र जनताको सेवाको नाममा पदमा बसेकाहरूले गर्दै आएका अनियमितता र भ्रष्टाचारको बिषयमा कलाकारले व्यंग्यात्मक रूपमा प्रस्तुत गरेका थिए ।

नाटक हेर्न प्रवक्ता शर्मा सहित धर्मपत्नी कबिता शर्मा, कलेजका संस्थापक जयनारायण ढुगाना, कलेज तथा बिधालयका शिक्षक शिक्षिका, बिधाथीं,अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

काठमाँड़ोको बत्तीसपुतलीमा कार्यालय रहेको सो शिल्पी थिएटरले तीन महिने नाट्य अभियान समेत शुरू गरेको छ ।

पुर्वको झापा,मोरङ र सुन्सरीका २५ स्थानमा आफ्नो अभियान अन्तर्गत नाटक मन्चन गर्ने कार्यक्रम रहेको ब्यवस्थापक कुमार आलेले बताए ।

२०६३ सालमा स्थापना भएको सो थिएटरले हाल सम्म देश भित्र र बाहिरका सयौ बिधार्थीलाई प्रशिक्षण समेत दिइसकेको बताइएको छ ।

शिल्पी थिएटरका कलाकारहरूमा पवित्रा खड्का,रेनुका कार्की ढोली,सबिन कट्टेल,संगीता उराब,मानहाँग लावती,असिम खनाल,ज्योति पोखरेल,रबिन परियार,गोबिन्द ओली,ज्याक बराल,हिमाल भुजेल,संजित राई लगायत रहेका छन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्