नेपाल-भारत मैत्री बस पुन: सञ्चालन…

कञ्‍चनपुर,१२ कात्तिक । कञ्चनपुरको महेन्द्रनगरबाट सञ्चालन हुँदै आएका नेपाल-भारत मैत्री बस बीस महिनापछि पुनः सञ्चालनमा आएको छ ।

कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेका मैत्री बस शुक्रबारदेखि सञ्चालनमा आएको महाकाली यातायात प्रालिका अध्यक्ष डम्बर पन्तले बताए ।

त्यस्तै उत्तर प्रदेश परिवहन निगमको बस भारतको राजधानी जिल्लाबाट यात्रुसहित आज बिहान महेन्द्रनगर पुगेको यातायात प्रालिले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्