अहिले भर्खरै : झापामा अनियन्त्रित बसको ठक्कर बाट ५ वटा सवारीमा क्षति , ६ जना घाइते …

बिर्तामोड,१० कार्तिक । झापाको बिर्तामोड-चारआली सडक खण्डमा आज साँझ एक अनियंत्रित बसले सडक़मा कुदिरहेका ५ वटा सवारी साधनलाई ठक्सर दिदा सवारी साधनमा रहेका ६ जना घाइते भएका छन ।

पुर्वपच्छिम राजमार्ग अन्तर्गत चारआली जंगलका अलग अलग स्थानमा पच्छिम बाट पुर्व तर्फ गइरहेको मे-१- ख २५७१ नम्बरको सगरमाथा यातायातले विपरीत दिशा बाट आइरहेका सवारीसाधनलाई अन्धाधुन्द ठक्कर दिएको थियो ।

बसको ठक्कर बाट मे ५ प ९००२ र मे ९ प ७०९२ नम्बरको मोटरसाईकलमा सवार चुलाचुली १ ३५ वर्षीय बिजय बिक र उनकी श्रीमती २७ वर्षीय प्रमिला बिक घाइते भएका छन । उनीहरू दुबै जनाको खुट्टा भाचिएको छ ।

त्यसैगरी मे १ ज ८७४ नम्बरको म्याजिक भेनलाई ठक्कर दिदा त्यसमा सवार बिर्तामोड ५ की बिमला भट्टराइ,अर्जुनधारा ६ की कल्पना अधिकारी र बिर्तामोड ११ का देबराज राई घाइते भएका छन । उनीहरूको टाउकोमा चोट लागेको बताइएको छ ।

बसले मे १ ज १९८१ नम्बरको बोलेरो जीप र प्रदेस न १- ० १- ००१ ख ३५३६ नम्बरको ट्रकलाई समेत ठक्कर दिएको थियो । त्यस अघि पूर्व जादै गर्दा धर्मकाटा नजिक पनि एक भेनलाई ठक्कर दिएको बताइएको छ ।

घाइते सबैको बिर्तामोड स्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसका चालक र गाडिलाई प्रहरीले नियंत्रणमा लिएर आवश्यक अनुसन्धान शुरू गरेको इप्रका बिर्तामोडले जनाएको छ ।

बसले दिएको ठक्कर र घट्नाको प्रकृति हेर्दा बस चालकले माधक पदार्थ सेवन गरेर सवारी चलाएको हुन सक्ने प्रहरीको भनाइ छ । घट्नाको विस्तृत बिवरण आउन बाकी रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्