झापाको भद्रपुरमा राई उद्दारको प्रतिक्षामा , अवस्था जटील बन्दै…

भद्रपुर,२७ असोज । गरिबी र परिवार विहीनको कारण स्वास्थ्य उपचार हुन नसक्दा झापाको भद्रपुरमा एक जना बिचल्ली अवस्थामा फेला परेका छन् ।

भद्रपुर १० स्थित क़ाफ्ले चौकको चिया बगान भित्र कटेरोमा बस्दै आएका बाङ्गा नाम बाट चिनिने अन्दाजी ५५ वर्षीय सन्तोष राई करीब २,३ महिना देखि अशक्त अवस्थामा एक्लै बस्दै आएका छन ।

पाँचथरको रबी घर बताउने उनी बिगत २५ बर्ष देखि झापाका बिभिन्न ठाउमा रहेर दैनिक ज्यालादारी गरी काम गर्दै आएको उनलाई चिन्ने स्थानीयबासीहरू बताउछन ।

पछिल्लो समयमा उनी मूर्छित हुने (छाहारे) रोग बाट पीडित बन्न थाले पछि काम गर्ने गरेका घर र ठाउ बाट समेत निकालिए पछि बेवारिसे भएर त्यहा एक्लै बस्दै आएको गाउलेहरू बताउछन ।

त्यँहि गाउका स्थानियबासीहरुले उनलाई खाना दिएर सहयोग गरिरहेका छन् । सन्तोष राई आफु सुतेको ठाउबाट उठ्न सक्ने अवस्थामा पनि छैनन् ।

भद्रपुर नगरपालिका १० स्थित वडाध्यक्ष टेकबहादुर खड्का कै घर नजिक रहेको चिया बगानको कटेरोमा बस्दै आएका राई प्रति जनप्रतिनिधिले पनि खासै चासो नदिएको गाउलेहरुले बताएका छन् ।

राईको नाजुक अवस्था प्रति छिट्टै सम्बन्धीत निकायको ध्यान जाओस् र उनको उद्दार होस भन्ने पर्खाईमा गाउलेहरु बसेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्