भद्रपुरमा ६ महिने “रागेनी आईडल सिजन 4”

भद्रपुर,२६ असोज । झापाको भद्रपुरमा ६ महिने रागेनी आईडल सिजन 4 मंगलवार २६ गते बाट विधिवद् रुपमा संचालनमा आएको छ ।

रागेनी संगितालय भद्रपुर द्धवारा आयोजीत गायन प्रतियोगिता सिजन 4 आगामी फागुन सम्म ६ महिना संचालन गरिने भएको हो ।

आइडलमा झापाका १५ वटै स्थानीय तहका ३० बर्ष मुनीका किसोर किसोरीहरुसहरु सहभागि रहने निर्णयाक भरत मैनालीले बताउनु भयो ।

झापाका कलाकारहरुलाई राष्ट्रीय तथा अन्तरराष्ट्रिय स्तर सम्म पुर्याउने उदेश्यले संचालित प्रतियो गितामा २ सय भन्दा माथिका कलाकारहरुले प्रतिस्पर्दा गर्ने छन् ।

विभिन्न महानुभावहरुको २ लाख बढीको लागतमा संचालनमा आएको प्रतियोगितामा प्रथम, दितिया र तृतीया स्थानमा विजयी हने प्रतिस्पर्दिहरुले नगद क्रमशः १५ हजार ,१० हजार र ६ हजार माथिको नगद पुरस्कार प्राप्त गर्ने निर्णायक मण्डलका सदस्य मैनालीले बताउनु भयो ।

जिल्ला व्यापी रुपमा संचालन हुने यस गायन प्रतियोगिताको निर्णयाकमण्डलमा मैनाली सहित तारबीर पाण्डे र सर्मिला सिग्देल रहनु भएको संगितालयले जनाएको छ ।२०७४ साल देखि संचालन हुदै अएको आईडल सिजन पहिलोको प्रथम हुने रचना रिमाल हाल राष्ट्रिय कलाकारको रुपमा परिचित छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्