पत्रकारलाई सकारात्मक खबर सम्प्रेशण गर्न बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक प्रसाईको आग्रह…

बिर्तामोड,२५ असोज । बिएण्डसी मेडिकल कलेज तथा पूर्वान्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले समाज परिवर्तनको लागि सकारात्मक खबर सम्प्रेशण गर्न पत्रकारलाई आग्रह गर्नु भएको छ ।

बिजयादशमीको अवसरमा आज अस्पताल परिसरमा पत्रकार संग भएको शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै प्रसाईले समाजलाई सहि बाटोमा हिडाउने ज़िम्मेवारी पाएको संचार जगतले अब देश र समाज रूपान्तरणको महान अभियानमा जुट्ने बेला आएको बताउनु भयो ।

आफु पनि देशलाई परिवर्तन गर्न समाज रूपान्तरणकै बाटोमा अघि बढिसकेको चर्चा गर्दै युवा ब्यवसायी समेत रहेका प्रसाईले समाजका हरेक ब्यक्तिले आफ्नो सोचमा सकारात्मक ल्याउन सके मुलुकमा परिवर्तन आउन धेरै समय नलाग्ने दाबी गर्नु भयो ।

उहाँले केहि संचार संस्थाले अस्पतालको बिषयमा भ्रामक र कपोल्कल्पित समाचार सम्प्रेशण गरेको प्रति आपत्ति जनाउदै त्यस्ता मिडियालाई सत्यतथ्य बुझेर मात्र खबर बनाउन आग्रह गर्नु भयो ।

अस्पतालका जनसम्पर्क प्रमुख प्रोमिश गिरीले संचालन गरेको सो कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर बिरेन्द्र प्रसाद यादब,डा.उमेश शर्मा,संचारकर्मी उमाकान्त खनाल लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो

कार्यक्रममा जिल्लाभरका ५० भन्दा बढी विभिन्न संचार संस्थाका पत्रकारहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्