“प्रकास बचाउ अभियानमा” बिएण्डसी अस्पतालद्वारा प्रकासलाई नया जिवन दिन सफल

बिर्तामोड,२५ असोज । झापाको बिर्तामोड-२ स्थित चारपानेमा “प्रकास बचाउ अभियान” लाई एक कार्यक्रम बिच समापन गरिएको छ ।

विगत ३ बर्ष देखि कम्मरदेखि तलको अंग चल्न छोडेपछि ओछ्यानमा थला परेका प्रकास शर्मालाई बिएण्डसी अस्पतालले नयाँ जिवन दिन सफल भएको छ ।

आर्थिक अबस्था अत्यन्तै कमजोर भएकै कारणले रोग निधान हुनेगरिको उपचार गर्न नसकेका प्रकाशलाई बिएण्डसी अस्पतालले ठुलो योगदान पुर्याउन सफल भएको हो ।

विपन्न वर्गका शर्मा असक्त भएर थलापरेपछि आर्थिक अवस्थाका लागि सम्पुर्ण जनमानसमा सहयोगको अपिल गरिएको थियो । आर्थिक सहयोगकै क्रममा “प्रकास बचाउ अभियान” समिती पनि गठन गरिएको थियो ।

जसमा प्रकाशलाई करिब बिष लाख रुपैया रकम सहयोग प्राप्त भएको थियो र १६ लाख उपचारमा खर्च भएको थियो भने बाकी रहेको रकम सबै प्रकाशलाई ब्यवस्थापन गरिदिने आजको कार्यक्रममा जानकारी गराइएको छ । सोहि कार्यक्रममा साहारा नेपालले पनि ३ लाख दस हजार रुपैयाको चेक हस्तान्तरण गरेको थियो ।

बिएण्डसी अस्पतालले हस्पिटलको कुनै पनि चार्ज नलिई उपचारको प्रयास जारी गरेको थियो । अस्पतालका हाडजोर्नि बिशेषज्ञ सहितको टिम र डा.निराजन पराजुलीको सफल प्रयासले गर्दा उपचार सम्भव भएको प्रकास बचाउ अभियान समितीका अध्यक्ष डिल्ली राम सिटौलाले जानकारी दिनु भएको छ। उहाँले अस्पतालले खर्चमा मात्र नभई मृत्युको मुखमा पुगेका प्रकाशलाई बिभिन्न अस्पतालले उपचार गर्दा सफल हुन नसकेर बिएण्डसी अस्पतालले सम्भव गरिदिएकोले अस्पताल र टिम प्रति धन्यबाद ज्ञापन गर्नुभएको छ ।

त्यसैगरी कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा बि एण्ड सी अस्पतालका कार्यकारी निर्देशक तथा समाजसेवी दुर्गा प्रसाईले बिएण्डसी अस्पताल पैसा कमाउन भन्दा पनी सेवाको लागि निमार्ण भएको अस्पताल रहेको बताउनु भएको छ । उहाँले सबैलाई बिरामी नभई बेलैमा आफ्नो स्वास्थ्यको लागि सचेत हुन अनुरोध गर्नुभयो । उहाँले हिन्दु राज्य कायम गर्ने अभियानमा छिट्टै लाग्ने भएकाले सबैलाई सहयोगको लागि अपिल पनि गर्नुभएको छ ।

कार्यक्रममा बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाइ, बिर्तामोड २ का वार्ड अध्यक्ष नगेन्द्र संग्रौला ,डा निराजन पराजुली ,डा ईसाख खान ,साहारा नेपालका अध्यक्ष हरी प्रसाद निरौला , बिर्तामोड उधोग बाणिज्य संघका महासचिब अर्जुन मैनाली,”प्रकास बचाउ अभियान” समितीका अध्यक्ष डिल्ली राम सिटौला साथै सम्पुर्ण समिती का सदश्य हरुको उल्लेखनिय उपस्तिथी रहेको थियो । कार्यक्रमको औचित्यलाई उपेन्द्र पराजुलीले प्रकाश पारिदिनु भएको थियो ।

कार्यक्रममा खादा र फुल सहित कदर पत्र दिएर बिएण्ड सी का सम्पुर्ण टिम सहित दुर्गा प्रसाई लाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्