कमल,२३ असोज । झापामा रहेका अधिकांस हुलाक कार्यालयको अवस्था कन्तबिजोक छ भने कर्मचारी काम नभएर मोबाईलमा दिन बिताउने गरेका छन ।
पछिल्लो समयमा सूचना प्रविधिको बिकास संगै भित्रिएको नया प्रविधिको कारण हुलाक सेवा क्रमश बिस्थापित बन्दै गएको छ ।
मुलुक भित्र र मुलुक बाहिर सम्म महिनौ दिन पर्खेर चिठी पत्रको प्रतीक्षामा बस्ने गरेका आम नागरिक आज भोली छिन भरमा खबर आदान प्रदान गर्न सक्षम भएका छन ।
प्रत्यक्ष कुरा गर्न सकिने टेलिफ़ोन वार्ता र बढदो सामाजिक संजालको प्रयोगको कारण कहिलै अब उठ्न नसक्ने गरी हुलाकी सेवा बिस्तापित भएको हो ।
पहिला पहिला दैनिक जसो ५ सय भन्दा बढी चिठी-पत्र आउने इलाका हुलाक कार्यालय कमलको टोपगाछीमा अहिले १० देखि २० पत्र पनि आउन हम्मे हम्मे पर्ने गरेको हलकारा (क़र्मचारी)केवल श्रेष्ठले बताए । आएका पत्र मध्ये प्राय बैकिंग कारोंबारीका मात्र पत्र आउने गरेको उनको भनाइ छ । “सर्वसाधारणका पत्र नै आउदैन “ श्रेष्ठले भने ।
इलाका हुलाक टोपगाछीमा ४ जना कार्यरत कर्मचारी मध्ये काम नभए पछि कार्यालय प्रमुख खरिदार जिल्लामा काजमा तानिएका कर्मचारी स्वयम् बताउछन ।
जिल्लामा तानिएका खरिदार बालकृष्ण दाहाल सहित यहाँ केवल श्रेष्ठ,गंगानारायण श्रेष्ठ र बिष्णु अधिकारी हल्कारा दरबन्दीमा कार्यरत छन । उनीहरूलाई पनि कामको कुनै चाप र भीडभाड छैन । कामै नभएका कारण दिनभर अफिस रुघ्ने र मोबाइल हेरेर दिन काट्ने गरेको कर्मचारीको भनाइ छ ।
हाल झापा जिल्लामा एक जिल्ला हुलाक,१५ वटा इलाका हुलाक र त्यतिकै संख्यामा अतिरिक्त हुलाक रहेका छन ।