प्रधानमन्त्री सिंहदरबारमा होइन जनताको मनमा बस्ने चाहिएको छ, युवा ब्यवसायी प्रसाई …

शेखर सेढाई—
बिर्तामोड,२० असोज । चर्चित युवा ब्यवसायी दुर्गा प्रसाईले अब मुलुको आमूल परिवर्तनको लागि युवा शक्ति एक भएर अघि बढ़नु पर्ने बताएका छन ।
झापाको बिर्तामोड स्थित सिटी सेण्टरमा आज आयोजित एक भब्य कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै प्रसाईले अब मुलुक बनाउन युवा नेतृत्वको आवश्यकता भैसकेको बताउदै युवा शक्ति अघि नबढे सम्म मुलुक नबन्ने दाबी समेत गरे ।
म जे गर्छु नेपालमै गर्छु र नेपालीका लागि गर्छु भन्ने आफ्नो नारा सहित ब्यवसायी क्षेत्रमा अघि बढेका प्रसाई बिर्तामोड स्थित बिएण्डसी मेडिकल कलेज र पुर्वान्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक हुन ।
उनले भविष्यमा नेपालमै ५० हजार युवालाई प्रत्यक्ष रोजगारी दिने योजनाका साथ अघि बढेको सुनाए । त्यसको लागि पश्चिमको धनगढी र नेपालगन्जमा सुबिधा सम्पन्न अस्पताल निर्माणको लागि काम शुरू भैसकेको जानकारी दिए ।
देशका नेताहरू प्रति लक्षित गर्दै प्रसाईले भने “जनताको मुक्ति र नेपालको समृद्धिको लागि यहाँ ठुला-ठुला आन्दोलन र परिवर्तन भए तर केवल नेताको सुबिधा र पदको लागि मात्र भए ।“ अब युवा शक्तिको जोस र जागरलाई साथमा लिएर मुलुक बनाउने महान अभियानमा आफु लागिसकेको बताउदै त्यो अर्जुनदृष्टिमा साथ दिन सबैलाई आग्रह गरे ।
उनले लोकतन्त्र र गणतन्त्र मुलुकमा आएर जनताले के पाए भनि नेतृत्वलाई प्रश्न गर्दै भने ‘अब सिंहदरबार र बालुवाटार मात्र बस्ने प्रधानमन्त्री जनताले चाहेको छैन भन्दै कर्णालीका बिकट भेगमा पुगेर बिकाश गर्ने र त्यहाका जनतालाई साथ दिने प्रधानमन्त्री अब जनताले खोजेको बताए ।’
उनले आगामी संसदीय निर्वाचनमा आफु पनि झापाको कुनै निर्वाचन क्षेत्र बाट चुनाब लड्ने संकेत गर्दै प्रसाईले तर आफु जनतालाई झुक्याउदै घर घर गएर भोट नमाग्ने प्रस्ट पारे । उनले भने ‘म जनताको मनमा बस्ने काम गर्छु र जनताको आशिर्बाद लिएर घर बाटै भोट माग्छु ।’ प्रसाईको भनाइ थियो ।
स्वतन्त्र युवा समाज झापाले आयोजना गरेको सो कार्यक्रम शुरू हुनु अघि बिर्तामोड बाट शनिश्चरे हुदै पुन:बिर्तामोड सम्म भब्य र्यालीको आयोजना गरिएको थियो । र्यालीमा १ सय गाडी,३ सय अट्टो रिक्शा र ५ सय भन्दा बढी मोटरसाइकलको सहभागीता रहेको थियो ।
कार्यक्रम शुरू हुनु अघि प्रसाईको भब्य स्वागत तथा अभिनन्दन गरिएको थियो । बिएण्डसी कलेजका जनसम्पर्क अधिकृत प्रोमिस गिरीले संचालन गरेको सो कार्यक्रमलाई स्वागत संचारकर्मी लीला अनमोलले गरेकी थिइन ।
कार्यक्रममा बिवेक प्रसाई,जेनिस नेम्वाग,सुभाष मेचे,दिपेस भट्टराइ लगायतको सहभागिता रहेको थियो ।कार्यक्रमको सभापतित्व टिकाराम मगरातीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्