बिश्वप्रकाशलाई महामन्त्रीमा जिताउछौ: झापाका गाउ नगर सभापतिको उद्घोष…

धुलाबारी,१७ असोज । झापाको धुलाबारीमा आज आयोजित कांग्रेसको एक कार्यक्रमका सहभागीले पार्टीको १४ औ महाधिबेशनमा महामन्त्रीका उम्मेद्वार बिश्वप्रकाश शर्मालाई जिताएरै छाड्ने उद्घोष गर्नु भएको छ ।

पार्टीद्वारा मेचीनगरको हालै सम्पन्न नगर निर्वाचनमा बिजयी उम्मेद्वारलाई प्रमाण पत्र तथा पद हस्तान्तरणको भव्य समारोहमा सहभागी नेता कार्यकर्ताले महामन्त्रीका उम्मेद्वार शर्मालाई जसरी पनि जिताएरै छोड्ने बताउनु भएको हो ।

सहभागीको सामुहिक आवाज थियो-‘क़स्ले के भन्छ हामी जान्दैनौ तर बिश्वप्रकाश हाम्रो साझा उम्मेद्वार हो हामी सबै एक भएर शर्मालाई जिताउछौ।’

कार्यक्रममा बोल्दै पार्टीका उपसभाति तथा जिल्ला सभापतिका उम्मेद्वार राम कट्टेलले हामी सबैको युवा नेता बिश्वप्रकाश भएकोले सबै एकजुट भएर शर्मालाई जिताउन कुनै कसर बाकी नराखिने प्रस्ट पार्नु भयो । नेता कट्टेलले म आफै पनि जिल्ला सभापतिको उम्मेद्वार हु,त्यसैले म सहित नेता बिश्वप्रकाशलाई जिताउन महत्वपूर्ण भुमिका खेल्न म आम नेता कार्यकर्तालाई आग्रह गर्द्छु।

कार्यक्रममा सहभागी नव निर्वाचित नगर सभापति सुबेशकुमार पनेरू र बुद्दशान्ति गाउ सभापति चक्र शेर्माले बिश्वप्रकाश शर्मा हामी सबैका साझा र देशका एक होनाहांर युवा नेता भएकोले उहाँलाई जिताउन पार्टी भित्र जस्तो सुकै भु मिका खेल्न पनि तयार रहेका बताउनु भएको थियो ।

कार्यक्रममा संबिधान सभा सदस्य उषा गुरूग़,क्षेत्रीय सभापति मणि उप्रेती,इन्द्र बुढाथोकी,पुष्प कार्की,हरीप्रसाद अधिकारी,मनोज घिमिरे,मुकेश लिम्बू लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा नगरका निर्वाचित पदाधिकारीलाई प्रमुख अतिथी पार्टी प्रबक्ता शर्माले प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।

सोही अवसरमा नव निर्वाचित नगर समितिलाई इन्द्र बुढाथोकीको नेतृत्वमा रहेको नगरको पुरानो कार्य समितिले सुबेश कुमार पनेरूको नेतृत्वमा रहेको नया समितिलाई माइन्यूट,कार्यालयको तालाचाबी र आवश्यक सामान हस्तान्तरण गरिएको थियो ।

धुलाबारी स्थित अतिथी सदनको सभा हलमा आयोजित भव्य कार्यक्रममा मेचीनगर बाहेक बुद्दशान्ति,अर्जुनधारा, भद्रपुर,बिर्तामोड लगायतका गाउ तथा नगरका सयै नेता तथा कार्यकर्ताको उत्साहजनक सभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्