झापामा सिटौला र शर्मालाई नजिताउने कांग्रेस अब ओली संग लड़न सक्दैन : प्रबक्ता शर्मा …

धुलाबारी,१७ असोज । नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले पार्टीको १४ औ महाधिबेशनमा कांग्रेस बाहेक फरक १८ वटा अनुहार हेर्न आम नेता कार्यकर्तालाई आग्रह गरेका छन ।

हालै निर्वाचित झापाको मेचीनगर नगरको प्रमाण पत्र तथा पद हस्तान्तरण कार्यक्रमलाई आज धुलाबारी स्थित अतिथी सदनमा संम्बोधन गर्दै प्रवक्ता शर्माले १४ औ महाधिबेशनमा कांग्रेसले कांग्रेसको मात्र अनुहार हेर्नु नहुने भन्दै अब कांग्रेस बाहेक समाजका फरक १८ अनुहारमा पार्टीले ध्यान दिनु पर्नेमा जोड दिए ।

प्रबक्ता शर्माले पार्टीलाई समय सापेक्ष रूपान्तरणको लागि अब पार्टी भित्र मात्र कांग्रेसको नजरलाई परिवर्तन गरी सिंगो समाज र राष्ट्रको बिकाश र समृद्धिको लागि नीति बनाएर अघि बढ़नु पर्नेमा उनको जोड थियो ।

उनले देश निर्माणमा योगदान गर्ने सबै तह र तप्काका आम नागरिकहरूको साझा माग र आवाजलाई अब कांग्रेस पार्टीले नै संम्बोधन गर्नु पर्छ भन्दै आफु संग जोडिएका पार्टीका माग संगै समाज र राष्ट्रलाई संबोधन हुने आम नेपालीका मागलाई संबोधन गर्ने गरी पार्टीको १४ औ महाधिबेशनमा योजना लिएर जानु पर्ने बताए ।

युवा नेता शर्माले अब मुलुकमा कांग्रेसको बिकल्प कांग्रेस नै भएको बताउदै देशको बिकाश र समृद्धिको लागि पनि कांग्रेस कै काधमा आएको बताउदै यो अभिभारा पनि कांग्रेसले नै पुरा गर्ने उद्घोष गरे ।

पार्टीको १४ महाधिबेशनको बिषयमा खासै धेरै नबोलेका शर्माले अब चुनाबमा लड्न नया मनोबिज्ञान आवश्यक भएको बताउदै उनले आगामी निर्वाचनमा झापा बाट कृष्ण सिटौला र बिश्वप्रकाशलाई नजिताउने कांग्रेसले केपी ओली संग लड़न नसक्ने दाबी समेत गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्