पार्टीको बिधानले आधा आधा सभापति चलाउन मिल्दैन : निर्वाचित सभापति न्यौपाने …

कमल,१३ असोज । नेपाली कांग्रेसको १४ औ महाधिबेशनको लागि झापाको कमल गाउपालिकामा सभापतीमा निर्वाचित बुद्दी न्यौपानेले पार्टीको बिधान बमोजिम नै ५ बर्षे कार्यकाल चलाउने प्रस्ट पारेका छन ।

ग्लोबल टिभी संग आज कुराकानी गर्दै न्यौपानेले पार्टीको नीति र बिधान अनुसार नै आफु अघि बढ्ने बताएका हुन।

असोज १० गते भएको गाउपालिकाको निर्वाचनमा उनका प्रतिद्वन्दी खगेन भण्डारीले बराबर मत ल्याए पछि गोला प्रथा बाट न्यौपाने गाउ सभापतीमा निर्वाचित भएका थिए ।

मतदाताले समान हैसियतमा दुबै नेतालाई मत दिएको भन्दै स्थानीय नेतृत्वको आग्रहमा बाकी कार्यकाल आधा-आधा चलाउने यस अघि सहमति बनेको थियो । तर पार्टीको बिधानमा आधा-आधा ग़री चलाउन नमिल्ने प्रस्ट छ भन्नु हुदै निर्वाचित सभापति न्यौपानेले आफु बिधान सम्मत नै चल्ने बताएका हुन ।

न्यौपानेले निर्वाचित सभापति एक जनाको मात्र नाममा निर्वाचन आयोगले प्रमाण पत्र दिने भएकोले निर्वाचित सभापति बाहेक अरू कसैले त्यो हैसियतमा ज़िम्मेवारी लिएर पार्टी संचालन गर्न नमिल्ने उनको तर्क छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्