पोखरा जाँदै गरेको कार त्रिशुली नदीमा खस्दा तीन जना बेपत्ता

काठमाडौं,८ आश्विन । काठमाडौंबाट पोखरा जाँदै गरेको कार त्रिशुली नदीमा खस्दा तीन जना बेपत्ता भएक छन् ।

इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा बिहीबार राति कार अनियन्त्रित भई सडकबाट तल नदीमा खस्दा तीन जना बेपत्ता भएका हुन् ।

पोखरा महानगरपालिका–१७ बस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी भने घाइते हुनुभएके छ । उहाँको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

कारमा सोही ठाउँ बस्ने अन्दाजी ६० वर्षीय प्रेमबहादुर भुजेल, सोही ठाउँका अन्दाजी ५५ वर्षका लेखराम भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल सवार रहेको बताइएको छ। कारसहित उनीहरू बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता भएकाको खोजी कार्य भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्