कांग्रेस झापाको गाउ नगर निर्वाचनको तालिका सार्वजनिक …

झापा,७ असोज । नेपाली कांग्रेसको १४ औ महाधिबेशन अन्तर्गत असोज १० गते हुने गाउ तथा नगरको निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ ।

निर्वाचन अधिकृतको कार्यालय झापाले आज सार्वजनिक गरेको निर्वाचन नोटिसमा ९ गते बिहान १० बजे मतदाता नामावाली प्रकाशन गरिने छ ।

दिउसो १२ बजे देखि २ सम्म उम्मेद्वारको नाम दर्ता गरिने छ । २ देखि २:३० सम्म उम्मेद्वारले दाबी बिरोध दिन सक्ने छन

त्यस्तै ३ बजे उम्मेद्वारको नामावली प्रकाशन गरिने छ भने ३ देखि ६ बजे सम्म उम्मेद्वारको नामावली फिर्ता र ६:३० बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम रहेको झापा जिल्ला स्थित प्रमुख निर्वाचन अधिकृत सुबोधबाबु चिलवालले ग्लोबल टिभीलाई जानकारी दिनु भयो ।

८ नगरपालिका र ७ गाउपालिका सहित झापा जिल्लामा १५ वटा स्थानीय निकाय रहेका छन । १५ वटा गाउ र नगर बाट कूल ३ हजार ३ सय ६८ जना मतदाता रहेका छन ।

१० गतेको निर्वाचनमा क्षेत्रिय प्रतिनिधि,१ सय ३१ वार्डका सभापती र प्रत्येक गाउ र नगर बाट १ जना अपाङ्ग सहित थप २ जनाले मत हाल्न पाउने छन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्