झापा कांग्रेसमा सर्वसम्मत नभए तेस्रो समूह बाट सभापतीमा उम्मेद्वार दिने …

झापा,६ असोज । नेपाली कांग्रेसको १४ औ महाधिबेशनमा झापा जिल्ला सभापतीमा दुई नेता बीच सर्वसम्मत नभए तेस्रो समूह बाट सभापतीमा उम्मेद्वार दिने संकेत देखा पर्न थालेको छ।

यस अघि सभापतीमा नाम सार्वजनिक भएका नेता राम कट्टेल र देउमान थेबे बीच सहमति नभए तेस्रो समूह बाट उम्मेद्वार दिने तयारी भइरहेको एक नेताले ग्लोबल टिभीलाई बताए ।

‘सहमति,सहकार्य र एकता’ कांग्रेसको मूल सिद्धान्तलाई खलबलाउने उद्देश्यले शुरू भएको कांग्रेसको गुट र उपगुटको अधिबेशनले पार्टीलाई क्षति पूर्याउने निष्कर्ष सहित सबै कांग्रेसलाई जोड़न तेस्रो समूहको अब जिल्ला नेतृत्वमा दाबी रहने नाम नबताउने सर्तमा एक नेताले बताए ।

कांग्रेसको अधिबेशन लगत्तै स्थानीय,प्रदेश र संघीय निर्वाचनको लागि नेपाली कांग्रेस एक ढिक्का भएर संगठन निर्माणमा लाग्ने बेलामा पार्टी भित्रै शुरू भएको गुट र उपगुटको राजनीतिले पार्टीलाई १० वर्ष पछि धकेल्छ भन्दै यो अधिबेशनलाई एकताको अधिबेशन बनाउन नेतृत्वमा रहेका सबै नेतालाई उनीहरूले आग्रह गरेका छन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्