बीपीको सपना बोकेर प्रबक्ता शर्मा चुनाबी अभियानमा …

झापा,३१ भाद्र । नेपाली कांग्रेसका लोकप्रिय नेता बिश्वप्रकास शर्मा असोज ३ गते आफ्नो गृह जिल्ला झापा आउनु हुने भएको छ ।
पार्टीका प्रवक्ता समेत रहेका शर्मा ३ गते बिर्तामोड स्थित अग्रशेन भवनमा हुने बृहत कार्यकर्ता भेलालाई संम्बोधन गर्न आउन लाग्नु भएको पार्टीको उच्च स्रोतले जानकारी दिएको छ ।
कांग्रेसको शुरू भएको १४ औ महाधिबेशनमा महामन्त्रीको लागि उम्मेद्वारी घोषणा गरिसक्नु भएका शर्माले सो कार्यक्रममा ‘राजनीतिमा परिवर्तनको अवधारणा’ प्रस्तुत गर्नु हुने छ । शर्माले सोहि कार्यक्रम बाट आफ्नो चुनाबी अभियान समेत शुरू भएको घोषणा गर्नु हुने भएको प्रबक्ता शर्माले ग्लोबल टिभीलाई जानकारी दिनु भयो ।
क़रीब दुई दशक अघि नै नेपाल बिधार्थी संघको केन्द्रीय अध्यक्ष भैसक्नु भएको शर्मा बीपीको विचारलाई आत्मसाथ गरेर हिड्ने दुरदृष्टि र युवा जमातले मन पराउने नेताको रूपमा चिनिनु हुन्छ ।
युवा अवस्था मै कांग्रेसको राजनीतिमा निकै प्रभाव बनाइसक्नु भएका शर्मा लामो समय सम्म पार्टीको नेतृत्वमा आउन सक्नु भएको थिएन ।
राजनीतिमा आफ्नो प्रस्ट भिजन र देशकाल परिस्थितिको गहन अध्ययन गरेर दुरदृष्टि राख़्न सक्ने क्षमता भएका कारण लाखौ युवाका लोकप्रिय नेताको रूपमा स्थापित हुनु भएको छ ।
गएको भाद्र २४ गते महामानब बीपी कोइरालाले १४ वर्ष जेल जिवन बिताएको राजधानी स्थित सुन्दरीजलमा पुगेर बीपीको विचारलाई शीरमा राख्दै रुद्राक्षको बृक्ष रोपर शर्माले बीपीको सपना पुरा गर्ने उद्घोष गर्नु भएको थियो ।
सोही स्थान बाट शर्माले पार्टीको १४ औ महाधिबेशमा महामन्त्रीमा उम्मेद्वारी दिने घोषणा गर्नु भएको थियो । सोही ऐतिहासिक घोषणालाई गृह जिल्ला झापा बाट चुनाबी अभियानको रूपमा सार्वजनिक गर्न शर्मा झापा आउनु हुने भएको हो ।
शर्माको महामन्त्रीमा उम्मेद्वारी घोषणा भएको समाचार सार्वजनिक भए पछि अहिले देशैभरी पार्टी भित्र एक प्रकारको खुशीयाली शुरू भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्