डा. शुनील शर्माले दिने भए धनकुटामा एउटा एम्बुलेन्स …

धनकुटा, ७ भाद्र । नोवेल शिक्षण अस्पताल विराटनगरका संचालक तथा नेपाली कांग्रेसका नेता डा.सुनिल शर्मासंग आज धनकुटाको टोलीले काठमाण्डौमा भेटघाट गरी धनकुटामा प्रभावकारी रुपमा स्वास्थ्य सेवा संचालनमा सहयोग गर्न आग्रह गरेको छ ।

नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई,धनकुटा काठमाण्डौ सम्पर्क समितिका सभापती भीम थापा,  जिल्ला सदस्य निलम थापा लगायतका टोलीले नोवेल शिक्षण अस्पताल विराटनगरका संचालक डा.सुनिल शर्मा संग भेटघाट गरी धनकुटाको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न आग्रह गर्नु भएको हो ।

धनकुटाको पाख्रिवास नगरपालिकाको चुङवाङ्ग पुख्यौली घर भएका नोवेल शिक्षण अस्पतालका प्रमुख डा.सुनिल शर्माले आफ्नो पुख्यौली गाउ चुङ्गवाङ्गका लागी एक वटा एम्बेलेन्स खरिद गरिदिने र चुङवाङ्गमा स्वास्थ्य संस्थाको स्थापना गरी चुङवाङ्ग लगायत गाउका जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने सोच रहेको वताउनु भयो ।

नोवेल शिक्षण अस्पताल विराटनगरका प्रमुख संचालक डा.सुनिल शर्माले आफनो पुख्यौली गाउ चुङवाङ्ग लगायत धनकुटा जिल्लाका विभिन्न स्थानहरुमा विशेषज्ञ स्वास्थ्य शिविरहरु संचालन गरी धनकुटाका जनतालाई स्वास्थ्य सेवा प्रदान गर्दै आईरहनु भएको जिल्ला सचिब राईले बताउनु भयो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्