ताजा खबर : प्रहरी प्रशासन र ब्यवसायी द्वारा बिर्तामोड बजारको कडाइका साथ अनुगमन …

 बिर्तामोड,१ भाद्र । निषेधाज्ञा हटाइए संगै आज बाट खुल्ला गरिएको बजार लगायत क्षेत्रको कडाइका साथ अनुगमन थालिएको  छ ।
झापाका सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमाल सहितको अगुवाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी,नेपाली सेना ट्राफ़िक प्रहरी र बाणिज्य संघका प्रतिनिधि सम्मिलित टोलीले आज बिर्तामोड बजार क्षेत्रको कडाइका साथ अनुगमन गरेको छ ।
अनुगमनका क्रममा ब्यवसायीलाई सुरक्षाको मापदण्ड पुरा गरेर मात्र आफ़्नो ब्यवसाय संचालन गर्न आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालले जानकारी दिनु भयो ।
अनुगमनमा संलग्न बिर्तामोड उधोग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बजार ख़ुल्ला गरिएको अवस्था भए पनि संक्रमण अझै कायमै रहेको बताउदै स्थानीय ब्यवसायीलाई सचेत र सतर्क भएर ब्यवसाय संचालन गर्न आग्रह गर्नु भयो ।
टोलीले आज बिर्तामोड क्षेत्रका अधिकांश पसलको अनुगमन गरेको थियो । अनुगमनको क्रममा स्वास्थ्य मापदण्ड पालना नगरिका ब्यवसायी तथा सर्वसाधारणलाई सचेत गराउदै उप्रान्त मापदण्ड अनिबार्य पालना गर्न आग्रह गरिएको इप्रका बिर्तामोडका प्रहरी नायब उपरीक्षक संतोष आचार्यले बताउनु भयो ।
अनुगमनमा सहायक प्रजिअ तिलोचन रिमाल,जिल्ला प्रहरी कार्यालय झापाका ड़ीएसपी राकेश थापा,इप्रका बिर्तामोडका ड़ीएसपी संतोष आचार्य सशस्त्रका ड़ीएसपी प्रेम प्रसाई, ट्राफ़िक प्रहरी निरीक्षक निषेश चापागाइ,बिर्तामोड उधोग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी लगायतको उपस्थिति रहेको थियो ।
ब्यवसायीको आग्रहमा आगामी भाद्र १० गते सम्मलाई स्थानीय प्रशासनले बजार,कलकारखाना उधोग लगायत खोल्न दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्