पछिल्लो २४ घण्टामा थपिए ३३८३ जनामा कोरोना संक्रमित

काठमाडौं,१९ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ६३८ जनाको पीसीआर परीक्षणमा २ हजार ४४८ र ६ हजार ८० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९३५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ९९४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा हाल सम्म ३२ हजार ५९ जना सक्रिय संक्रमित रहेका छन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्