ठाकुर पक्षले देउवालाई विश्वासको मत दिने…

काठमाडौं,३ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन् ।

सांसद उमाशंकर अरगरियाले ठाकुर पक्षले पनि विश्वासको मत दिने निर्णय गरेको बताएका छन् ।

यसअघि प्रधानमन्त्री देउवाले ठाकुर पक्षलाई पनि आफूलाई विश्वासको मत दिन चिठी लेखेको थिए ।

जसपाको उपेन्द्र यादव पक्षले यसअघि नै देउवालाई मत दिने निर्णय गरिसकेको थियो । जसपाका ३२ जना सांसद रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्