नियम विपरीत आम्दा अस्पतालले कोभिडका बिरामीसंग लिएको मोटो रकम बुद्दशान्तिगाउपालिका अध्यक्षको पहलमा फिर्ता …

बुद्दशान्ति,२२ असार । कोभिड उपचाररत बिरामीसंग दमक स्थित आम्दा अस्पतालले नियम विपरीत असुलेको मोटो रकम फिर्ता गरेको छ ।

बुद्दशान्ति ४ की कोभिड पोजेटिभ बिरामी रिन्जु तामाङ गएको जेठ २५ गते उपचारको लागि आम्दा अस्पताल भर्ना भएकी थिइन् ।

७ दिन सम्म त्यहा उपचार गर्दा कुनै सुधार नभएपछि अस्पतालले बिर्तामोड स्थित बीएण्डसी अस्पताल रेफर गरेको थियो ।

७ दिन उपचार गर्दा तामाङसंग अस्पतालले ९८ हजार लिएको उनकी आमा सानुमाया तामाङले ग्लोबल टिभी संचारलाई जानकारी दिइन् । तर उपचारमा छोरीको कुनै सुधार हुन नसकेको उनको भनाई छ ।

कोभिड भएका बिरामीको उपचारको लागि सहजीकरण गर्ने उद्देश्यले सरकारले देश भरका केहि अस्पतालसंग सम्झौता गरी दैनिक एक बिरामी बापत १५ हजार सोध भर्ना दिने नियम लागु गरेको छ ।

तर यस आम्दा अस्पतालले भने प्रदेश सरकारसंग भएको सम्झौता विपरीत बिरामीसंग रकम असुल गरेको हो ।

सम्झौता विपरीत अस्पतालले पैसा असुल गरेको पिडीत पक्षले गाउपालिका अध्यक्ष रमेशकुमार भुजेललाई जानकारी गराए पछि अध्यक्ष भुजेल पहलमा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना,स्वास्थ्य कार्यालय झापाका प्रमुख इश्वरी प्रसाद पौडेल कोभिड फोकल पर्शन जिवन चौलागाई सम्मिलित टोलीले तत्काल अस्पताल प्रशासनसंग कुरा गरेर आइन्दा सम्झौता विपरीत बिरामीसंग पैसा असुल नगर्न र नगराउन सचेत गराई तत्काल खर्च भएको पैसा फिर्ता गराइएको अध्यक्ष भुजेलले बताउनु भयो ।

खर्च भएको ९८ हजार मध्ये १८ हजार अस्पतालमा उपलब्ध नभएको रेम्भीडिसिभर औषधि बापतको खर्च कटाएर बाकि रकम ८० हजार अस्पतालले फिर्ता गरेको बुद्दशान्ति गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले जानकारी दिनुभयो ।

फिर्ता भएको रकम आज बुद्दशान्ति गाउपालिकामा गाउपालिकाका अध्यक्ष रमेशकुमार भुजेल, उपाध्यक्ष मीरा भुर्तेल र स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीको उपस्थितिमा उनकी आमा सानुमाया तामाङलाई हस्तान्तरण गरिएको थियो ।

आम्दा अस्पतालले बीएण्डसी रेफर गरिएको तामाङको करिब त्यहा हप्ता दिन उपचार भए पनि उपचार सम्भव हुन सकेन ।

उनको साउन ९ गते कोभिडको कारण मृत्यु भएको थियो । बीएण्डसीमा उपचार गर्दा ७ लाख भन्दा बढी खर्च भएको आमा सानुमायाले बताइन् ।

कोभिड संक्रमणको यो महामारीको बेला बिपन्न समुदायका नागरिकलाई लक्षित गरि सरकारले केही निजी स्तरका अस्पतालमा लागु गरेको सुविधाको दुरूपयोग गरी अस्पतालहरूले जबरजस्ति बिरामीसंग पैसा असुल गर्नु नियम विपरीत र एक निन्दनीय कार्यको रुपमा लिएको छ ।

नियम विपरीत नागरिकको ढ़ाड सेक्ने गरी अस्पतालहरूले गर्दै आएका यस्ता कार्यको नियमन गर्ने निकायको अनुगमन र नियमनको खाचो देखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्