आज देशभर थप २६३४ संक्रमित,१५ जनाको मृत्यु…

काठमाडौं,२२ असार । पछिल्लो २४ घन्टामा थप २६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभरमा ७५०३ जनाको पिसिआर परीक्षणबाट १७१८ जनामा संक्रमण पुष्टि भएको छ भने ५०८२ जनाको एन्टिजेन परीक्षणबाट ९१६ जनामा पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा १२ हजार ५ सय ८५ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५६५ जना संक्रमणमुक्त भएका छन्।

यही अवधिमा थप १५ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। योसँगै हालसम्म ९२६३ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्