आज फेरी कोरोना संक्रमित हेलिकप्टरमा आए बी. एण्ड. सी

बिर्तामोड, ३० बैशाख । कोरोना संक्रमणका एक बिरामीलाई आज पनि हेलिकप्टर बाट झापाको बिर्तामोड स्थित बी.एण्ड.सी अस्पताल ल्याइएको छ ।

काठमाडौ घर भएकी ५९ बर्षिया साबित्रा श्रेष्ठलाई दिउसो ३ बजे हेलिकप्टरबाट बी.एण्ड.सी लेण्ड गरिएको अस्पतालका जनसम्पर्क प्रमुख प्रमिस गिरीले ग्लोबल टिभी संचारलाई बताउनुभयो ।

संक्रमण बढे संगै अहिले राजधानी लगायत देशका अन्य सुबिधा सम्पन्न अस्पतालहरुमा अक्सिजनको अभाब हुन थाले पछि आईसीयु र भेन्टिलेटरको लागि बिरामीहरु धमाधम बी.एण्ड.सी आउन थालेका हुन् ।

सो अस्पतालले संक्रमित बिरामीको लागि २ सय शैया तयार गरेर उपचार गरिरहेको बताईएको छ ।

अस्पतालमा हाल झण्डै १ सय कोरोना संक्रमित उपचारत रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्